काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ।
सिंगापुरको इन्डियन ग्राउन्डमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्रै बनाएको थियो।
नेपालका ओपनर व्याट्म्यान पारस खड्काले २८ रन बनाउँदा, ज्ञानेन्द्र मल्ल २३ रन बनाए।
त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ रन बनाए भने सोमपाल कामीले ११ रन बनाए। नेपालको पालीलाई ध्वस्त पार्ने क्रममा कतारका इकबाल हुसेनले ३ विकेट लिए।
उनले अन्तिम ओभरमा ह्याट्रिक गरे। तथा तमोर सजाद र नौमान सरवारले समान २/ २ विकेट लिए।
१२३ रनको विजयी लक्ष्यसहित मैदानमा आएको कतारले १९ दशमलव २ बलमा लक्ष्य भेट्टायो। कतारलाई जित दिलाउन इनाम उल हकले विष्फोटक पाली खेल्दै ६ चौकाको मदतले ४१ रन बनाए।
त्यस्तै करिम खानले २२ रन बनाउँदा जाहिर इब्राहिमले १२ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले तिन विकेट लिए भने करण केसीले १ विकेट लिए।
प्रतिकृया दिनुहोस