• देश

    झापामा दुई समूहबीच छुरा हानाहान, १ को ज्यान गयाे दुईजना घाइते | OmkarTimes.com

     


    दमक । झापाको दमकमा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घााइते भएका छन् । बुधबार दमक १ दुर्गा मन्दिर पछाडि भृकुटी टोलमा छुरा हानाहान हुँदा दमक नगरपालिका २ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको हो ।

     

    छुरा प्रहारबाट सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक ३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका छन् ।

     

    जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार भण्डारीको ढाँडमा गहिरो चोट लागेको छ । अहिले उनको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ । भुजेलको भने दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

     

    उनीहरुमाथि इलाम चुलाचुलीस्थित पेल्टीमारी घर भई दमक १ हवल्दार चोकमा बस्ने कुसल मगर, दमक १ कै अभिषेक राईलगायत युवकहरुले छुरा प्रहार गरेको डीएसपी श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस