• सम–सामयिक

    आज देशका केही स्थानमा वर्षा हुने, यस्तो छ ३ दिनको मौसमी अनुमान

      ओमकार


    काठमाडौं । आज (शुक्रबार) पनि देशभर मौसम बदली भई देशका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशााखाले जनाएको छ।

     

    साथै पश्चिम तथा पूर्वी तराईका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी/खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

     

    शुक्रबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दैै महाशाखाले यस्तो आग्रह गरेको हो।

     

    उक्त चेतावनीमा भनिएको छ– ‘देशका पश्चिम तथा पूर्वी तराईका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैले ती क्षेत्रका खोलाहरूमा जल सतह बढ्न सक्ने भएकाले नदी वरपरका क्षेत्र, नहर तीरमा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

     

    महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले देशभरजसो मौसम बदली छ भने केही स्थानमा वर्षा भइरहेको छ। पश्चिम बुटवल, नवलपरासीलगायत आसपासका क्षेत्र तथा पूर्व ताप्लेजुङ, ओखलढुंगा, विराटनगरलगायत आसपासका क्षेत्रमा अहिले पानी परिरहेको उनले जानकारी दिइन्।

     

    देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले अझै बाढीपहिरोको जोखिम रहेको मौसमविद् कँडेलको भनाइ छ। त्यसैले वर्षाका बेला पहिरो तथा बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाले होसियारी अपनाउनुपर्ने उनको सल्लाह छ।

     

    आजदेखि वर्षाको मात्रा क्रमशः घट्दै जाने उनको अनुमान छ।

     

    श्रावण १० गते शुक्रबार

    दिउँसो: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ। देशको पहाडि तथा तराई भेगका एक/दुई स्थानहरुमा भारीवर्षाको सम्भावना रहेको छ ।

    राति: देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ। देशको पहाडि तथा तराई भेगका एक/दुई स्थानहरुमा भारी बर्षाकोसम्भावना छ ।

     

    श्रावण ११ गते शनीबार

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
    राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ।

     

    श्रावण ११ गते आइतबार

    दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
    राति: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ।-नेपाल खबर

    प्रतिकृया दिनुहोस