• फिचर समाचार

    काठमाडौँ महानगरमा आजदेखि भेरोसेलको पहिलो डोज

      ओमकार टाइम्स

    काठमाडौँ : काठमाडौँमा आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको भेरोसेलको खोपको पहिलो डोज दिइने भएको छ । काठमाडौँ महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

    त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ । विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ ।

    खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले नगरबासीहरुलाई अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस