• खेलकुद

    ईपीएल : उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

      ओमकार टाइम्स


    काठमाडौँ : चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदै छ । टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२ः१५ बजे सुरु हुने छ ।

    सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छन् ।

    पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ दवै टिम मैदान उत्रँदै छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

    प्रतिकृया दिनुहोस