• अर्थ

    प्रतितोला १०० ले बढ्यो सुनको मूल्य

      ओमकार टाइम्स

    नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुन बजार भाउ तोक्दै मूल्य बढेको बताएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपैयाँ छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार १५० रुपैयाँ थियो ।

    सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला ११ सय ७५ रुपैयाँ पुगेको छ ।

    प्रतिकृया दिनुहोस