• अर्थ

    महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

      ओमकार टाइम्स

    काठमाडौं : महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

    लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि समेत पाँच प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस