• समाचार

    रुपन्देहीमा आज पनि कफ्र्यू, मृत्यु भएका ३ जनाको पहिचान खुलेन

      ओमकार टाइम्स

    भैरहवा । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसँग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाइएको कफ्र्यु आज पनि जारी रहेको छ ।

    हिजाको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरूमध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्य ४ जनाको मृत्यु भएको हो । घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरूमध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

    झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । पेट्रोल वम प्रहर बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाइते भएका छन् ।

    घाइते प्रहरीहरू मध्ये ६ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

    प्रतिकृया दिनुहोस