• राजनीति

    एमाले अध्यक्ष ओलीले यसवर्ष टीका नलगाउने, नवमीको दिन झापामा जलपान समारोह

      ओमकार टाइम्स


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष बडा दसैँको टीका नलगाउने भएका छन् ।

    पारिवारिक सदस्यको यसै वर्ष निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको जानकारी दिए ।

    अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका छैन । बुबा मोहनप्रसाद ओली झापामै छन् । ओलीले नवमीको दिन भने गृहजिल्ला झापामा जलपान समारोह आयोजना गरेका छन् ।

    कोरोना महामारीका कारण एमालेले हरेक वर्ष गर्दै आएको दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा हुने चियापान समारोह पनि नगर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस