• मुख्य

    नीति निमार्णमा सहकार्य गर्न योजना आयोग र दायित्वबीच सम्झौता

      ओमकार टाइम्स


    काठमाडौं । राष्ट्रिय योजना आयोग र दायित्व नामक संस्थाबीच नीति निमार्णमा सहकार्य गर्न द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

    आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको रोहबरमा कार्यक्रम निर्देशक डा. दिवाकर लुइँटेल र दायित्वको तर्फबाट संस्थापक तथा कार्यकारी अध्यक्ष डा। पुकार मल्लले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    दुई पक्ष बिच अनुसन्धानमा सहकार्य, तथ्यमा आधारित नीतिगत पैरवी, उद्यमशीलता र रोजगारीको प्रवर्धन, नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण र साझा प्राथमिकताका विषयमा आपसी समझदारी गरिने सम्झौतामा उल्लेख छ।

    ‘कुनै पनि सहकार्यको एउटा मुख्य पाटो भनेको आपसी सम्मान हो,’ सम्झौतापछि उपाध्यक्ष पौडेलले भने, ‘एकअर्काको शक्तिलाई पहिचान गरी मिलेर काम गर्दै युवा र सरकारबीचको यो सहकार्यले नवप्रवर्तनको नयाँ आयामहरु खोल्ने छ।’

    दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा। मल्लले संसारको कुनै पनि कुनामा रहेका र नेपाल सरकारसँग मिलेर राष्ट्रलाई नीतिगत योगदान पुर्‍याउन चाहने नेपाली युवाहरुको लागि एक नयाँ अध्याय शुरु भएको बताए।

    प्रतिकृया दिनुहोस