• समाचार

    पानीमा डुबेर बालकको मृत्यु

      ओमकार टाइम्स

    दाङमा पानीमा डुबेर एक जना बालक मृत्यु भएको छ । जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४  वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो  ।

    आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालक मुत्यु भएको प्रहरीले जनाएको छ ।

    खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस