• खेलकुद

    ‘आईसीसी प्लेयर अफ दी मन्थ’ अवार्ड सन्दीपलाई

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ अवार्ड जितेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

    सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा परेका थिए ।

    सन्दीपले लिग टूको त्रिकोणात्मक सिरिजमा लोभलाग्दो प्रदर्शन गरेका थिए । उनले ६ ओडीआई म्याचमा १८ विकेट लिएका थिए ।

    प्रतिकृया दिनुहोस