• देश

    बाढी प्रभावितको पूर्व तयारी, आफै बनाउन थाले डुङ्गा | OmkarTimes.com

      ओमकार


    राजविराज। असारको अन्तिमदेखि बाढीले सप्तरीमा बितण्डा मच्चाएपछि बाढी प्रभावितवासिन्दाहरु स्वयं पूर्व तयारीमा जुटेका छन् ।

     

    बाढी आइसकेपछि ज्यान, सरसामान, बालबालिका, बृद्धबृद्धालाई जोगाउन सकिने जोहोमा उनीहरु जुटेका हुन ।
    घरमा बाढी वा पानी पसिसकेपछि सुरक्षित एवं अग्लो स्थानमा एकैसाथ पुग्न सकिने गरी डुङ्गा निर्माणको तयारीमा लागेका छन् ।

     

    बाढी आएको बेला पालैपालो सामान, बालबालिका तथा बृद्धबृद्धालाई अग्लो तथा सुरक्षित स्थान पु¥याउँदा पु¥याउँदै बाढीको बहाव उच्च हुने गर्दा घरभित्रै थुनिने गरेको पीडा सुनाउँदै तिलाठी कोइलाडी गाउँपालिका बनझुलाका बाढीपीडित रामप्रसाद साहले भन्नुभयो, घरमा पानी पसेको घण्टौ पछि मात्र उद्धार गर्न आउँछन, तबसम्म हामी त डुबीहाल्छौ । त्यसैले हामी आफैं तयारी गरिरहेका छौ ।

    बाढीबाट अति प्रभावित हनुमाननगर, जोगिनिया, रमपुरा मलहनीया, डालबा, सकरपुरा, बनझुला, कोइलाडी लगायतका वस्तिमा आधा दर्जन भन्दा बढी डुङ्गा (बोट) बाढीका लागि तयारी अवस्थामा रहेको स्थानीयवासिन्दा बताउँछन् ।

     

    बाढीमा सरसामानसहित सपरिवार डुङ्गामा चढेर सुरक्षित तर्न सकिने सबभन्दा सरल र सहज एवं तत्कालै उपब्ध हुने साधन रहेको उनीहरुको भनाई छ । पानीमा डुङ्गा चलाउने सीप सबैसँग नभए पनि बाढी प्रभावित वासिन्दमा यसको सामान्य सीप रहेकोले जोसुकैले पनि चलाउन सकिने बताइएको छ ।

    असारको अन्तिममा आएको बाढीबाट सामान्य जीवनतर्फ फर्किन लाग्दा पुनः साउनको सुरुमा बाढी आएपछि आफै पूर्व तयारीमा जुटेका हुन । वर्षमा एक पटक मात्र ठूलो बाढी आउने गरेको इतिहास रहेको उनीहरुले यस पटक दोहो¥याएर बाढी आएको छ ।

     

    फेरि आउन सक्छ, त्यसैले हामी आफ्नो तयारी गरिरहेका छौ । यसै विश्वासका साथ डुवान प्रभावित वस्तीमा थप डुङ्गा बनाउन सक्रिय भएका छन ।

    मलाह (मुखिया) समुदायले ले बहुउपयोगी डुङ्गाको प्रयोग गर्छन । यस डुङ्गा बाढी वा सुख्खा मौसममा पनि उपयोगी हुने गरेको बताइएको छ । बाढीपछि सुख्खायाममा सप्तकोसीमा माछा मार्न, मानिसलाई वारपार गराएर पैसा कमाउने, मालसमान ढुवानी गरेर डुङ्गाबाट आम्दानी हुने गरेको बासुदेव मुखियाले बताउनुभयो ।

     

    उहाँ तीन/चार वटा डुङ्गाको मालिक हुनुहुन्छ । उनीसँगै हनुमाननगर कंकालीनी नगरपालिकाको जोगिनिया बस्तीका मुखिया (मलाह) हरु यसकै आधारमा व्यवसायी गरेर जिविकोपार्जन गदै आएका छन् ।

     

    वर्षायाम आउनु अघि नै डुङ्गा बनाए बेच्ने काम समेत गर्ने गरेको भन्दै संजय मुखियाले माछा मार्न र सामान ढुवानीका लागि बनाइने डुगामा करिब रु. ४० देखि ८० हजार रुपियाँसम्म खर्च लाग्ने गरेको बताउनुभयो ।

     

    पानीमा मानिसलाई ओसारपसार प्रयोजनका लागि बनाइने डुङ्गा बनाउन भने एक÷दुई लाख खर्च हुने गरेको भन्दै उहाँले भन्नुभयो, काठको गुणस्तरमा यसको लाइफ र पानीमा सुरक्षा हुन्छ । त्यहाँका मु्खियाहरू बाढीपछि सप्तकोसीमा वर्षभरी नै माछा मार्न डुङ्गाको प्रयोग गर्दै आएका छन ।

    पानीमा डुगा चलाएर वार्षिक लाखौं रुपियाँ आम्दानी गरिरहेका सो बस्तीका मलाहहरुको प्रत्येक घरमा कम्तिमा एउटा डुगा भएकै हुनु पर्ने भन्दै स्थानीय उमेश खड्गाले भन्नुभयो, मलाह परिवारका पुरुषले कोशीमा डुगा चलाएर माछा मार्ने, महिलाले बजारमा माछा बेच्ने दिनचार्या नै हो ।

     

    सप्तकोसीको उच्च जोखिममा रहेको हनुमाननगर कंकालीनी नगरपालिकाको गोबगाढासम्म आवतजावत गर्न डुगा बाहेकको विकल्प उपाय छैन । बाढी आएको बेला यस क्षेत्रका मुख्य सवारी डुङ्गा नै हो । डुङ्गामा आवतजावत गर्ने, दाउरा टिप्ने, मानिसलाई ओसारपसार गर्ने गरिन्छ ।

     

    बाढीपछि माछा मार्न, कोसी टप्पु पलारबाट घाँस, दाउरा ढुवानी गर्ने काममा समेत डुङ्गाको उपयोग हुने गरेको बताइएको छ ।
    बाढीका बेला खोज तथा उद्धार टोलीसँग लाइफ ज्याकेट, डोरी, रबर बोट, हेलमेट लयागतका सामग्री हुने गरिन्छ । तर, उनीहरु एउटा बाँसको भाटाको भरमा डुङ्गा चलाएर सबै सरसामानसहित परिवार बसेर बाढीमा तार्ने गर्छंन् ।

    प्रतिकृया दिनुहोस