• खेलकुद

    साफ च्याम्पियनसिप: आज नेपाल र बंगलादेशबीच खेल हुँदै

      ओमकार टाइम्स

    काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपरान्ह् ४ः४५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ ।

    नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ ।
    साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।

    प्रतिकृया दिनुहोस