• समाचार

    जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

      ओमकार टाइम्स

    जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरमा ९ जना पक्राउ गरेको छ । भिमदत्त नगरपालिका-४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय दान सिंह महरा समेत ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

    उक्त घरमा जुवातास खेलाईरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी ताससहित फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस