• समाचार

    भारतीय ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद

      ओमकार टाइम्स

    जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका- २५ मा पार्किङ गरी राखेको भारतीय नम्बरको ग्याँस ट्याङ्करबाट १२० केजी गाँजा बरामद भएको छ ।

    भारतीय NL01K0754 नम्बरको एलपी ग्याँस बोक्ने ट्याङ्कर संकास्पद रूपमा रोकिएको अवस्थामा प्रहरीले जाँच गर्दा गाँजा बरामद भएको हो । ट्याङ्करको चालक बस्ने क्याबिनभित्र सुनियोजित तरिकाले लुकाएको १२० केजी गाँजा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

    ट्याङ्कर चालक तथा धनीको पहिचान गरी खोजतलास गर्ने लगायतका अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

    प्रतिकृया दिनुहोस