• धर्म-संस्कृति

    दशैंको दोस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

      ओमकार टाइम्स


    काठमाडौं । आज दशैंको दोस्रो दिन एकादशीमा पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।

    नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

    एकै दिन टिका लगाउन नभ्याउनेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ भने केहि क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ ।परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन पनि छ ।

    असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा दसैँमा मान्यजनबाट टीका र जमरा लगाइन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ ।

    बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।

    यस्तै, फूलपाती पछि केही सुनसान जस्तै बनेको काठमाडौंमा सडक दशैंको टीकादेखि चहलपहल बढेको छ ।हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस