• समाचार

    पुर्बप्रधानमन्त्री चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीका चालकलाई ५०० रुपैयाँ जरिवाना

      ओमकार

     

     

    काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको भ्यान चालकलाई ट्राफिक प्रहरीले कारबाहीको दायरमा ल्याएको छ ।

     

    शुक्रबार चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको पछुवा भ्यानले राजधानीको नयाँ वानेश्वरमा स्कुटरलाई ठक्कर दिएर भागेको थियो ।

    भ्यानले स्कुटरलाई ठक्कर दिएको प्रकरण सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले भ्यान चालकमाथि कारबाहीको प्रक्रिया अघि बढाएको थियो । जसअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो।

    चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।

     

    प्रतिकृया दिनुहोस