• समाचार

    कपिलवस्तुमा फैलिएको झाडापखाला अझै आएन नियन्त्रणमा

      ओमकार टाइम्स


    कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै पनि पूर्ण नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।
    कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाका कारण तीन बालबालिकासहित चार जनाले ज्यान गुमाइसकेका छन् ।
    बहादुरगञ्जस्थित शिवराज अस्पतालमा उपचारका लागि झाडापखालाका बिरामीहरु आउने क्रम रोकिएको छैन ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट महेश चौधरीका अनुसार अहिले पनि दिनहुँ दुई दर्जन बढी झाडापखालाका बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
    अस्पतालमा हाल उपचाररत झाडापखालाका बिरामीहरुको संख्या १९ छ । अस्पतालमा उपचारका लागि आउने बिरामीहरुको संख्या ८७४ पुगेको र सिकिस्त बनेका ४१ जनालाई अन्य अस्पतालमा रिफर गरेको अस्पतालको तथ्यांक छ ।

    सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो ।
    झाडापखाला प्रभावित क्षेत्रको पानीको नमूना परीक्षण गर्दा एउटा नमूनामा दिसामा पाइने इकोली नामक जिवाणु फेला परेको थियो ।
    गत शुक्रबार काठमाडौंको टेकुस्थित प्रयोगशालामा परीक्षण गर्न ल्याइएको नमूनाको विस्तृत रिपोर्ट भने अझै सार्वजनिक गरिएको छैन ।

    प्रतिकृया दिनुहोस