• राजनीति

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

      ओमकार टाइम्स

    काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाडामा बसिरहेको छ। बैठक विहान ८ बजेबाट सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । उनका अनुसार पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको छ ।

    कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ । राष्ट्रिय सम्मेलनअघि गर्नुपर्ने तल्ला तहका सम्मेलनहरुको कार्यतालिका तय गर्न बैठक बोलाइएको हो ।

    प्रतिकृया दिनुहोस