• देश

    सके हजार, नसके प्रचार: करेन्ट लागेर गम्भीर घाइते भएका गौरादहका यी युवाले गरे सहयोगका लागि याचना

      ओमकार


    झापा। करेन्ट लागेर शक्त घाइते भएका गौरादह नगरपालिका वडा न. ४ का राजु कुर्मीले सहयोगका लागि याचना गरेका छ्न। गत वैशाखको ११ गते घर वायरिङ गर्ने शिलशिलामा उनलाई हाई भोल्टेज करेन्ट लागेको थियो।

     

    आर्थिक अवस्था कमजोर भएका कुर्मी परिवारलाई यतिबेला आर्थिक संकट परेको छ। `तीन महिना देखि अस्पताल राखेर उपचार भईरहेको छ, घर खेत सबै बेचिसक्यौं ´, उनका बाबू गणेश कर्मिले भने , ` अहिले सम्म १७ लाख खर्च भईसक्यो, अब पैसा जोहो गर्ने कुनै उपाय छैन। ´

     

    राजुको बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचार भईरहेको छ। `हामी त सुकुम्बासी भयौं, अब अझै दुई लाख जति रकम अपुग छ, कहाँबाट ल्याउने हो´, उनका बाबुले दुखेसो पोखे।

     

    यतिबेला कुर्मी परिवारलाई दोहोरो दु:ख परेको छ। सुगर रोगले थलिएकी उनकी छोरीको गत असार २३ गते निधन भयो। `एकातिर छोरा अस्पतालमा छट्पट्याईरहेको छ, त्यसमा झन छोरीको निधनले हामीमा ठुलो आघात परेको छ´, गणेशले भने।

     

    `तत्काललाई दुईलाख रुपैयाँ भए छोरा अस्पतालबाट `डिस्चार्ज´ हुन्थ्यो, `फलोअपका´ लागि अरु उपाय गर्ने थिए´, कुर्मीले आशु पोख्दै भने। सहयोग गर्न चाहनेले मोबाइल नम्बर ९८१४०३११७६ मा सम्पर्क गर्न सक्नुहुनेछ।

     

    प्रतिकृया दिनुहोस