• समाचार

    दमकको पशुहाटमा खोलाले ७ घर बगायो

      ओमकार टाइम्स


    झापा । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ ।

    झापाको दमक–७ स्थित पशुहाटमा सात ओटा घर खोलाले बगाएको छ ।

    मंगलबार राती अबेरदेखि परेको अविरल वर्षाका कारण रतुवा खोलाको बाढीले पशुहाटका ७ घर बगाएको हो ।

    घर बगाएपछि विस्थापितलाई रेडक्रसको सहयोगमा आफन्तको घरमा राखिएको छ ।

    प्रतिकृया दिनुहोस