• राजनीति

    प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान, सँगै गए पर्यटनमन्त्री आले पनि

      ओमकार टाइम्स


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अविरल वर्षापछि आएको बाढी र पहिरोका पीडितलाई भेट्न गृहप्रदेश सुदूरपश्चिम प्रस्थान गरेका छन्।

    आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत हुँदै डोटीको दिपायल प्रस्थान गरेका हुन् । त्यसपछि प्रधानमन्त्रीको टोलीले बझाङको थालारा र चैनपुर, बैतडीको ढुंगाड, डडेल्धुरा सदरमुकाम पुग्नेछन् ।

    त्यस्तै जोगबुढा, महेन्द्रनगर, दोधारा चाँदनी लगायतका स्थानमा पुगेर बाढी पहिरोको क्षति अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा  मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्रीको टोली शुक्रबारमात्र काठमाडौं फर्किनेछ । उनीसँगै पर्यटनमन्त्री प्रेम आले पनि सुदूरपश्चिम प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा डडेलधुरा र पर्यटनमन्त्री आले डोटीका जनप्रतिनिधिसमेत हुन् ।

    प्रतिकृया दिनुहोस