• समाचार

    सिके राउतका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बनाएर नगर घुमाए

      ओमकार टाइम्स

    सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई अर्धनग्न बनाएर जनकपुरधाम नगर घुमाएका छन् ।

    अविरल वर्षात्‌का कारण जनकपुरधाम जलमग्न भएपछि जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरूको आक्रोशित भीडले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेका हुन् ।

    निमित्त प्रमुख यादवलाई उनीहरूले जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न रूपमा दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए ।

    जनमत पार्टीका नेता कार्यकर्ताहरूले  प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहविरुद्ध चर्को नारावाजीसमेत गरेका थिए । यो घटना घटिरहँदा प्रहरी प्रशासन भने दर्शक भएको थियो ।

    प्रतिकृया दिनुहोस