• विदेश

    रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

      ओमकार टाइम्स


    रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोटपछिको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

    टस समाचार एजेन्सीका अनुसार घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए ।

    औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ।

    विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ ।

    विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।

    प्रतिकृया दिनुहोस