• समाचार

    सिलिन्डर लिक हुँदा घरमा आगलागी

      ओमकार टाइम्स

    काठमाडौं । मध्यपुरथिमि नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आज दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब रु पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

    आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

    प्रतिकृया दिनुहोस