• विदेश

    हराएको कुकुर भेट्नेलाई घर र जग्गा पुरस्कार !

      ओमकार


    एजेन्सी । कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । कुकुरलाई आफ्नो परिवारको एक सदस्यको रुपमा रहेको हुन्छ । आफ्नो परिवारको सदस्य जतिकै गरेर बसेपछि जसले पनि कुकुरलाई धेरै माया गर्ने गर्छन् ।

     

    मान्छेकाे सबैभन्दा बढी माया पाउँने जनावर भनेकाे पनि कुकुर नै हाे । भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन् ।

     

    मानिसले कुकुरलाई गर्ने मायाका विभिन्न उदाहरण पाइन्छन् । कतै मानिसले आफूले पालेको कुकुरलाई नै बिहे गरेको समाचार पनि सुनिन्छ भने कतै कुकुरलाई आफूसँग राख्न नपाउँदा लोग्नेसँग डिभोर्स गरेको खबर पनि आउँछ ।

     

     

    अमेरिकाको टक्सन निवासीमा गत अप्रिलमा एडी कोलिन्सको जेनी नामको प्रिय कुकुर हरायाे । चिहुवाहुवा प्रजातिको आफ्नो कुकुर हराएपछि एक व्यक्तिले प्रत्येक दिन कुकुरलाई खोजिरहे ।

     

    जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिने घाेषणा गरे गरेका छन् ।

     

    ‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’

     

    जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।

     

    यदि म कहाँ छु भनेर तपाईंलाई थाहा छ भने मलाई सुरक्षित घर फिर्ता हुन सहयोग गर्नुहोस्, त्यसपछि सबै तपाईंको हुनेछ । मेरो नाम जेनी हो ।’

    प्रतिकृया दिनुहोस