• समाचार

    अपहरणको १४ घण्टापछि बालकको भारतबाट उद्धार

      ओमकार टाइम्स

    कपिलवस्तु — शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

    घरमा खेल्दै गरेका सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

    प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीका बुवासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमानले बालक अपहरण गरेका थिए ।

    कपिलवस्तु र रुपन्देहीको सीमा नजिकबाट मोटरसाइकल प्रयोग गरी भारत लगिएको थियो । मुसलमानले पाउनुपर्ने रकम पाएपछि बालकलाई अपहरण मुक्त गरेका थिए ।

    बालकलाई सकुशल मुुक्त गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

    प्रतिकृया दिनुहोस