• राजनीति

    सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट !

      ओमकार टाइम्स

    काठमाडौं — सर्वोच्च अदालत परिसरमा वकिलबीच कुटाकुट भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा रहेको वकिलहरूबीच शुक्रबार अदालत परिसरभित्रै कुटाकुट भएको हो ।

    प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडालबीच झापट हाने । त्यसपछि सर्वोच्च परिसर तनावग्रस्त बन्यो ।

    न्यौपाने प्रधानन्यायाधीशको विपक्षमा र चुँडालले पक्षमा छन् ।

    प्रतिकृया दिनुहोस