• खेलकुद

    विश्वकप क्रिकेट : दक्षिण अफ्रीका र श्रीलंका तथा इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

      ओमकार टाइम्स

    काठमाडौँ : आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुने भएका छन् । सारजाहमा हुने हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंका भिड्ने छन्। यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजेबाट सुरु हुने छ ।

    दुबै टोली आज खेल जित्ने योजनाकासाथ मैदानमा उत्रदै छन् । जारी प्रतियोगितामा दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहँदा श्रीलंका २ अंकसहित चौंथो स्थानमा रहेको छ ।

    विश्वकप अन्तर्गत नै अर्को खेलमा दुई उपाधि दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने छ । दुबईमा हुने इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । समूह १ मा रहेको इंग्ल्यान्ड र अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहेका छन् ।

    दुबै टोलीले अघिल्ला दुई खेलमा जित निकालेका थिए । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    प्रतिकृया दिनुहोस