• मुख्य

    प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

      ओमकार टाइम्स

    काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति भएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिए  ।

    मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस