• पत्र-पत्रिका

    सामान्य प्रशासनका कर्मचारीको विदेश मोह, एक वर्षमै पुगे १६७ विदेश

      ओमकार


    काठमाडौं : कर्मचारीहरु विभिन्न कार्यक्रमको मलोमेसो मिलाएर विदेश भ्रमण गरिरहेका हुन्छन्।
    पछिल्लो एक वर्षमा संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयबाट डेढ सयभन्दा बढीले विदेश भ्रमण गरेको तथ्यांकले देखाएको छ।
    सो मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०७५ जेठ ४ देखि २०७६ जेठ ९ सम्म १६७ जनाले  विदेश भ्रमण गरे। तीमध्ये चीन जानेको संख्या १०४ रहेको समाचार नागरिकदैनिकमा छ।
    मन्त्रालयका अनुसार विदेश भ्रमणका लागि दुई कर्मचारीको भने मनोनय पत्र आएन। मन्त्रालयले सार्वजनिक प्रशासनसम्बन्धी सेमिनार, बेल्ड एन्ड रोडसम्बन्धी सेमिनार, आपतकालीन सञ्चार, दिगो विकास, ग्रामीण विकास, स्थानीय निकायको क्षमता अभिवृद्धिलगायतका विषयमा मन्त्रालयअन्तर्गत विभिन्न तहका कर्मचारी चीन पुगेको बताएको छ।

    प्रतिकृया दिनुहोस