• समाचार

    माथिल्लो तामाकोशीका कर्मचारीले फिर्ता लिए आन्दोलनका कार्यक्रम

      ओमकार टाइम्स

    दोलखा : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्नेलगायतका तीन बुँदे माग राख्दै कर्मचारीले यही कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ।

    अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए। लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ।

    प्रतिकृया दिनुहोस