• देश

    बुटवलमा टिप्परको ठक्करबाट क्याम्पसका प्राध्यापकको मृत्यु

      ओमकार


     

    चैत १९ – बुटवलमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ।बुटवलको औद्योगिक क्षेत्र नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक ५० वर्षीय डोलराज अर्यालको ज्यान गएको हो।

    बुटवलबाट देवदह ४ मा रहेको घरतर्फ जानेक्रममा अर्याललाई सोमबार बेलुका टिप्परले ठक्कर दिएको थियो।अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति निधन भएको प्रहरीले बताएको छ।।

    प्रतिकृया दिनुहोस