• मुख्य

    बेलारूसबाट अवैध ढंगले प्रवेश गरेका हजारौँ आप्रावासी पोल्यान्डको सिमानामा रोकिए

      ओमकार टाइम्स

    वार्सा । पोल्यान्डले आफ्नो देशतर्फ प्रवेश गर्न लागेका हजारौँ आप्रावासीलाई रोकेको जनाएको छ । बेलारूसको पूर्वी सिमानाबाट आफ्नो देशतर्फ बढेका आप्रावासीलाई रोकेको पोल्यान्डले जनाएको हो ।

    दुई देशको सिमानामा राखिएका काँडेतार नाघेर आप्रावासीहरु पोल्यान्डतर्फ प्रवेश गरिरहेको एउटा भिडियो फुटेजमा देख्न सकिन्छ ।   आप्रावासीको प्रवाह बढेपछि पोल्यान्ड सरकारले आकस्मिक वैठक बोलाएको थियो । बैठकले सिमानामा १२ हजार सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय गरेको छ । आफ्नो देशमा आएका अवैध आप्रवासीलाई सिमानामा पठाइदिएको पोल्यान्डले बेलारुसमाथि आरोप लगाएको छ ।

    पछिल्लो समयमा बेलारुसबाट गैरकानूनी रुपमा आप्रावासीहरु पोल्यान्ड, लिथुआनिया र लाटभियातर्फ प्रवेश गरेका ती देशहरूले गुनासो गर्दै आएका छन् । तीमध्ये अधिकांश आप्रावासी मध्येपूर्व र एसियाली देशका छन् ।  बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले अन्य मुलुकमा गैर कानूनी आप्रावासीको प्रवाह बढाउन सहयोग गरेको युरोपेली देशहरुले आरोप लगाएका छन् ।

    प्रतिकृया दिनुहोस