• राजनीति

    विप्लव नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी पक्राउ

      ओमकार


    काठमाडौ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका काठमाडौं सेक्रेटरी धीरेन्द्रा उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।

     

    विप्लव समूह निकट अखिल नेपाल महिला संघकी महासचिवसमेत रहेकी धीरेन्द्रालाई प्रहरीले आज बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

     

    प्रतिबन्धित विप्लव नेतृत्वका नेतालाई प्रहरीले खोजी तीव्र बनाएको छ । केही साताअघि मात्र विप्लव समूह निकटका माइला लामालाई प्रहरीले उपत्यकाबाट नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस