• मुख्य

    प्रधानमन्त्री देउवाको पुर्वराजा शाहलाई चुनौैतीः शासन गर्ने भए चुनाव लडेर आउनुस्

      ओमकार टाइम्स

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् ।

    बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सो चेतावनी दिएका हुन् । देउवाले शासन गर्ने भए चुनाव लडेर आउने शाहलाई चुनौंती दिए ।

    देउवाले भने, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ । तर वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्नुस् ।’

    शाहप्रति संकते गर्दै देउवाले गणतन्त्रको खिपापमा मानिसहरू सल्बलाइरहेकोले सचेत हुनुपर्ने बताए ।

    उनले अगाडि भने, ‘जनताभन्दा ठूलो शक्ति केही छैन । जनता नै यो देशको मालिक हो । प्रजातन्त्रको विकल्प छैन । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरूका विकल्प पार्टी नै हुन् ।’

    उनले जनताभन्दा ठूलो मालिक कोही छैन भन्ने सत्य स्वीकार गर्नसमेत आग्रह गरे । उनले संविधान र गणतन्त्रको खिलापमा लाग्न नहुने पनि बताए ।

    प्रतिकृया दिनुहोस