• समाचार

    डीएसपी तिम्सिनाको निधन

      ओमकार टाइम्स

    काठमाडौं । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।

    नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा उनको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    दसैँअघि बिरामी भएका डीएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएको थियो ।

    यसपछि धरानबाट नोबेल अस्पताल विराटनगरमा उपचारार्थ भर्ना भएका उनको अवस्था गम्भीर भएपछि हेलिकप्टर मार्फत लागि प्रहरी अस्पताल पु¥याइएको थियो ।

    प्रतिकृया दिनुहोस