• कला/ साहित्य

    महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती

      रासस


    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा सिद्धार्थ साहित्य परिषद्ले शनिबार भैरहवामा वरिष्ठ साहित्यकार प्राध्यापक डा चुडामणि रेग्मी ‘बन्धु’ सहित विभिन्न विधामा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको गरियो ।

    लुम्बिनी प्रदेशको जेठो साहित्यिक संस्था मानिएको उक्त परिषद्ले प्रा डा बन्धुलाई ‘सुकदेव सुकमाया लामिछाने बाल साहित्यकार पुरस्कार २०७७’ प्रदान गरेकोे हो । उहाँले विसं २०१८ मा महाकवि देवकोटाको बाल जीवनी र विसं २०३६ मा देवकोटा नामक पुस्तक लेखेर प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा र साहित्यमा प्रा डा बन्धु गुरुहरूका गुरुका रूपमा परिचित हुनुहुन्छ ।

    यसैगरी ‘मीन पद्म गौचन स्मृति पुरस्कार’ भाषा साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुहुने वरिष्ठ कथाकार विजय सागरलाई, ‘विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार’ काव्य लेखक टङ्कप्रसाद पन्तलाई, ‘सिद्धार्थ साहित्य पुरस्कार’ अग्रज साहित्यकार माधवप्रसाद पन्थीलाई, ‘टेकबहादुर पन्थी स्मृति सिद्धार्थ साहित्य पुरस्कार’ युवाकवि गिरी श्रीस मगरलाई, ‘सकला सिद्धार्थ बाङ्मय पुरस्कार’ नेपालगञ्जका साहित्यिकार डा इन्द्रबहादुर भण्डारीलाई प्रदान गरिएको थियो ।

    त्यसैगरी ‘सिद्धार्थ साहित्य सम्मान ’ साहित्यकार रमेश समर्थन, लुम्बिनी प्रेस क्लबको उपाध्यक्ष सम्झना शर्मा, समाजसेवी धर्मराज श्रेष्ठ, कलाकार चित्रकार नुरमदन थापा र शिक्षा सेवी यमबहादुर रसाइलीलाई प्रदान गरिएको का अध्यक्ष डिल्लीराज भट्टराईले बताउनुभयो । कवि रुद्र ज्ञवालीले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको सो कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा. डा बन्धुले साहित्यकारहरुले समाज र राष्ट्रलाई सही मार्गदर्शन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराई, प्राज्ञ बुंद राना, अङ्कित शर्मासहित सम्मानित साहित्यकारले कविता, मुक्तक, गजल प्रस्तुत गरेको आयोजक संस्थाका सचिव लक्ष्मीप्रसाद अधिकारीले बताउनुभयो ।परिषद्ले भैरहवाको देवकोटा चोकमा महाकविको प्रतिमासमेत निर्माण गरेको थियो ।

    प्रतिकृया दिनुहोस