• समाचार

    बडुवाल हत्या प्रकरणः थप एक जना पक्राउ, अझैं योजनाकारसहित ७ फरार

      ओमकार टाइम्स


    धनगढी — लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा थप एक ज पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा विकास खड्का रहेको जिल्ल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उक्त घटनामा यसअघि ८ जना पक्राउ गरिसकेका छन् । योसंगै सो घट्नामा संलग्नताको आरोपमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । ७ जना अझै फरार रहेका इलाका प्रहरी टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

    हत्याका योजनाकार भनिएका नविन रावल अझै पनि फरार अवस्थामा छन् । उनीसहित फरार रहेका सबैको खोेजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको मंगलबार टीकापुर नगरपालिका–१ मा बडुवालको हत्या भएको थियो ।

    पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल रहेका छन् । यसैगरी, टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह पनि पक्राउ परेका छन् ।

    प्रतिकृया दिनुहोस