• मुख्य

    शंकर पोखरेल भन्छन्- गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायलयमा समस्या

      ओमकार टाइम्स

    रूपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायलय भित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्रीको गलत निर्णयका कारण भएको बताएका छन् ।

    उनले यो विवादमा न्यायाधीशहरुको यपृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो समयमा भएका विवादास्पद राजनीतिक फैसला र सरकार विस्तारका सन्दर्भमा खास ठाउँका लागि भनेर कोटा छुट्याउने गठवन्धनका नेता र सोही अनुसार मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले भूमिकाले काम गरेको बताएका हुन् ।

    पोखरेलले न्यायाधीश र वारको आन्दोलन भने खास आग्रह र उद्देश्य केन्द्रीत देखिएको प्रष्ट भएको जनाएका छन् । सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै पोखरेलले न्यायालय शुद्धीकरण खोज्ने हो भने त्यस प्रकरणसँग जोडिएका समष्टिगत विषयमा बहस केन्द्रीत हुनु पर्दछ भनेका छन् ।

    राजनीतिमा भएको विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन । यतिवेला समग्र क्षेत्रमा सुधार आवश्यक छ र तर सबैले पूर्वाग्रह त्याग्नु जरुरी छ । पछिल्ला घटनाक्रमवाट सरकार, संसद र न्यायालय तीनै प्रमुख अंगमाथि जनताको विश्वास टुट्दैछ, गम्भीर बनौं,’ पोखरेलको भनाई छ ।

    प्रतिकृया दिनुहोस