• समाचार

    किशाेरी बलात्कार आरोपमा एक पक्राउ

      ओमकार टाइम्स

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    १७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि केशव सुजीलाई पक्राउ गरेको हो । पीडित किशोरीको परिवारले जिल्ला प्रहरी कार्यालय दैलेखमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराएपछि आइतबार सुजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    सुजीले विवाहको प्रलोभन दिएर करणी गरेको र करणी गरेको अरुलाई भनेको खण्डमा बेइज्जत गरिदिने धम्की दिएको परिवारजनको आरोप छ ।

    प्रहरीले जिल्ला अदालतबाट सुजीको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस