• समाचार

    एकादशी बजार हिँडेको जीप दुर्घटना

      ओमकार टाइम्स

    ओखलढुंगा । एकादशी बजार भर्न ककनी बजार जाँदै गरेको बोलेरो जीप सुनकोशी गाउँपालिकामा दुर्घटनामा परेको छ । ओखलढुंगाबाट ककनी बजार जाँदै गरेको  बोलेर सोमबार बिहान जौबारी सडकबाट करिब सय मिटर तल खोल्सामा खसेको वडा अध्यक्ष झनक कार्कीले बताए ।

    दुर्घटनामा परी केही यात्रुको हताहती भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि यकीन विवरण आइसकेको छैन । बोलेरोमा कति सवारी थिए भन्ने बारेमा औपचारिक जानकारी आउन बाँकी छ । प्रहरी चौकी कोषहाटको टोली घटनास्थल पुगेको छ ।

    दुर्घटनामा परेकाको उद्धार कार्य जारी रहेको वडाअध्यक्ष कार्कीले जानकारी दिए । दुर्घटनामा परेको गाडी सुनकोशी गाउँपालिका वडा नम्बर ८ का सुमन बोगटीको रहेको स्थानीयले बताएका छन् । सिद्धिचरण नगरपालिका–१० रुप्सेका स्थानीय चम्पादेवी ककनीको दर्शन गर्न सोमबार बिहानै हिँडेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस