• समाचार

    प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्नेहरु पक्राउ

      ओमकार टाइम्स

    काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले सोमबार पनि प्रदर्शन गरिरहेको छ ।

    सोही कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी पनि बढाइएको छ ।

    यस्तै, केहीबेर अघि मात्रै सर्वोच्चको गेट अगाडि प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    सर्वोच्च अदालत अगाडीबाट प्रहरीले करिब १२ जनालाई पक्राउ गरेको बुझिएको छ ।  प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस