• मुख्य

    गौरादहका मियाँ हत्याकाण्डको आरोपमा ५ जना पक्राउ

      केदार खड्का

    दमक । गौरादह नगरपालिका वडा नम्बर ५ वस्ने मबेसिर हुसेन मियाँको हत्या आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।आज इलाका प्रहरी कार्यालय दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रहरीले ५ जना आरोपीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरुमा जिल्ला झापा गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३१ को मोहम्मद सद्दाम र निजकी श्रीमती बर्ष २८ की सुमेरन खातुन , सोही स्थान बस्ने बर्ष २६ को महम्मद सुलेमान र निजकी श्रीमती बर्ष २२ की रुक्सार खातुन र सोही स्थान बस्ने बर्ष ३८ की कुर्सुमान खातुन रहेका छन् ।

    गत ११ गते देखि हराइरका ४६ वर्षीय मृतक मियाँको लास कम्बलमा पोको पारिएको अबस्थामा सोही स्थान बस्ने महमद सद्दामको घरको सेफ्टी ट्यांकीबाट प्रहरीले बरामद गरेको थियो ।मृतक मियाँलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ । उक्त हत्यामा प्रयोग भएको हतियार दाउ , छुरी र घन (मर्तोल) समेत प्रहरीले बरामद गरेको छ ।

    हत्याको वास्तविक कारण प्रहरीले प्रष्ट खुलाउन नचाहेता पनि व्यक्तिगत रिसीईभी नै हत्याको कारण रहेको जिल्ला प्रहरी प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।आरोपीहरुलाई कर्तव्य ज्यान मुद्दामा अनुसंधान भइरहेकोले थप जानकारी अनुसंधान पूरा भएपछि गराउने भट्टराईले बताए ।

    प्रतिकृया दिनुहोस