• मुख्य

    १२ हजार ४०२ नमुना परीक्षण गर्दा ४१६ जनामा संक्रमण पुष्टि

      ओमकार टाइम्स

    २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् ।

    यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ  ।

    यसैगरी हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ ।

    हालसम्म कुल संक्रमितमध्ये  ७ लाख ९८ हजार ५४४ जना निको भएका छन् ।
    हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।

    प्रतिकृया दिनुहोस