• समाचार

    इलाममा चक्कु प्रहार गरेर भाइले गरे दाजुको हत्या

      ओमकार टाइम्स

    इलाम । इलामको सन्दकपुर गाउँपालिका– १ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् । भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

    घटना सोमबार साँझ पौने ६ बजे भएको हो । काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको प्रहरीको दाबी छ ।

    चक्कु प्रहार गरेर दाजुको हत्या गरेको आरोपमा प्रहरीले चक्रलाई प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस