• राजनीति

    न्यायालय सेटिङमा जबराको मुख्य भुमिका : राजेन्द्र महतो

      ओमकार टाइम्स


    काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले न्यायालयमा हुने सेटिङको मुख्य जिम्मेवार प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा नै भएको बताएका छन् ।

    हालका दिनमा सर्वोच्च अदालतमा भईरहेको क्रियाकलापले न्यायालयमाथि जनताको विस्वास टुट्न लागेको भन्दै महतोले न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।

    ‘न्यायालयप्रति जनताको भरोसा टुटे देश पनि असफल हुनसक्छ’, महतोले भने– ‘न्यायालयमा हुने सेटिङका मुख्य जिम्मेवार प्रधानन्यायधीश जबरा नै हुन् ।’

    देशभरिका कानुन व्यवसायिहरुले प्रधानन्यायधिशको राजिनामा माग्नु साधारण कुरा नभएको भन्दै महतोले न्यायपालिका र देशको भलोको लागि भएपनि जबराले राजिनामा दिनुपर्ने बताएका हुन् ।

    विरगञ्जमा मङगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले देशभरका कानुन व्यवसायीहरु आन्दोलनमा हुंदा अदालत धेरै दिनदेखि भएको र  जनता न्याय पाउनबाट बञ्चित भएको अवस्थामा न्यायालयलाई बन्दी बनाएर राख्नु उचित नभएको बताए ।

    महत्तोले कांग्रेस, एमाले र माओवादीकै कारण न्यनयालयमा सेटिङको सिस्टम चलेको आरोप लगाउंदै आलको अवस्थाको जिम्मेवार ति पार्टीहरु समेत भएको बताए ।

    प्रतिकृया दिनुहोस