• मुख्य

    कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुग्यो

      ओमकार टाइम्स

    नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७७ जना संक्रमित थपिएका छन् ।

    यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ ।

    हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएको मन्त्रालयले जनाउको छ । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस