• सम–सामयिक

    देशभरको मौसम सामान्य, चीसोबाट बच्न विभागको आग्रह

      ओमकार टाइम्स

    काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

    विभागले आज बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वाअनुमान बुलेटिनअनुसार आज बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

    आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिकृया दिनुहोस